शैक्षिक सुधारका सरल सुत्र
विश्वविद्यालयको उपकुलपति नियुक्त गर्दा न्यूनतम योग्यता पुगेका व्यक्तिहरुबाट विश्वविद्यालय सुधारको कार्ययोजना सहित आवेदन माग्ने र उक्त आवेदनमा विश्वविद्यालयको वर्तमानस्तर र आफ्नो कार्यकालमा गरिने स्तरोन्नतिलाई अनिवार्य रूपमा उल्लेख गर्न लगाउन आवश्यक छ । छनौट भएका उपकुलपतिसँग गरिने कार्यसम्पादन सम्झौतामा ५० प्रतिशतभार विश्वविद्यालयको स्तरोन्नतिलाई दिन उपयुक्त हुनेछ । सरकारले उपकुलपतिसँगग र उपकुलपतिले अन्य पदाधिकारीसँगयस्तै प्रकारका सम्झौता गर्नुपर्छ । स्वतन्त्र मूल्याङ्कनकर्ताद्वारा कार्यसम्पादन सम्झौताको अर्धवार्षिक समीक्षा गराउने र लागातार दुइटा समीक्षा अवधिमा ५० प्रतिशतभन्दा कम अंक प्राप्त गरेमा निजहरुलाई पदमुक्त गरिने नीति लिनेहो भने हाम्रो उच्च शिक्षाको गुणस्तरमा उल्लेखनीय सुधार हुने देखिन्छ । (पुरा लेख)

Comments
Post a Comment